प्रधानमन्त्रीसहित शीर्ष नेताले आज संसदमा सम्बोधन गर्ने

शनिबार, १ असोज, २०७९
डिजिटल संस्करण
प्रधानमन्त्रीसहित शीर्ष नेताले आज संसदमा सम्बोधन गर्ने

फाइल तस्बिर

आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसहित दलका शीर्ष नेताले सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका नेता झलनाथ खनाललगायतले सम्बोधन गर्ने संसद् सचिवालयले जनाएको छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि सम्बोधन गर्ने सो पार्टीका महासचिव देव गुरुङले जानकारी दिएका छन्। प्रतिनिधिसभाकाे बैठक दिउँसाे १ बजे बस्दै छ।

आज राति १२ बजेदेखि संसद अधिवेशन अन्त्य हुँदै छ। प्रतिनिधिसभाको आजको बैठक नै यो कार्यकालको अन्तिम बैठक हुनेछ।

यो पनि : प्रतिनिधिसभाका उतारचढावपूर्ण पाँच वर्ष

See More On

सुझावित समाचार