महाभियोग सिफारिस समिति बैठक जारी, विवादका कारण पूरक प्रश्नले प्रवेश पाएन

शुक्रबार, ३१ भदौ, २०७९
डिजिटल संस्करण

महाभियोग सिफारिस समिति बैठक जारी छ । सिंहदरबारमा बिहान ९ बजेबाट सुरु भएको बैठकमा  पूरक प्रश्न सोध्ने विषयमा विवाद भएको छ ।

एमालेले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले दिएको बयानको भर्बेटिङ (टिपोर्ट) जबराबाट हस्ताक्षर गराएर प्रतिप्रश्न गर्नुपर्ने अडान लिएको छ भने सत्तापक्ष समय नभएकाले जस्तो टिपोर्ट त्यस्तै अगाडि बढ्न खोजेको छ ।

एमालेका विष्णु पौडेलले भर्बेटिङमा बोलेका धेरै कुरा छुटाएको भन्दै स्पष्ट रूपमा सम्पूर्ण कुरा उल्लेख गर्न र त्यसमा सांसद तथा जबराबाट सही गराएर पूरक प्रश्नमा प्रवेश गर्न माग गरेका छन् । चोलेन्द्रशमशेर आएको एक घन्टा बिते पनि समिति पूरक प्रश्नमा प्रवेश गर्न सकेको छैन । एमालेले भर्बेटिङमा हस्ताक्षर गर्नका लागि एक घन्टा बैठक सार्न नै प्रस्ताव गरेको छ । 
 

सुझावित समाचार