महाभियोग सिफारिस समितिको बैठक बस्दै, जबराले नाम लिएका कानुन व्यवसायीलाई स्पष्टीकरण सोधिने

बिहिबार, ३० भदौ, २०७९
डिजिटल संस्करण

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाभियोग प्रस्तावमा छानबिन गर्न गठित सिफारिस समितिको बैठक आज पनि बस्ने भएको छ ।

१ बजे बस्ने आजको बैठकमा बुधबार जबराले नाम लिएका बार पदाधिकारी, अधिवक्ता र पूर्वप्रधानन्यायाधीशहरू पनि सहभागी हुनेछन् । त्यसका लागि महाभियोग सिफारिस समितिका प्रवक्ता लक्ष्मीप्रसाद गौतमले नाम संकलन गरेर हिजै पत्राचार गरिसकेको जानकारी दिए । यसअघि समितिले बैठक ८ बजेका लागि डाकेको थियो । तर, न्यायाधीशहरू नआउने भएपछि १ बजेका लागि सारिएको समिति सचिव लक्ष्मी गौतमले बताए ।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग सिफारिस समितिले प्रधानन्यायाधीश जबराले बयानमा नाम लिएका कानुन व्यवसायीहरूलाई स्पष्टीकरणका लागि बोलाएको हो । 

सुझावित समाचार