अध्यक्ष प्रचण्डसँग अमेरिकी राजदूत बेरीको बिदाइ भेटवार्ता

बुधबार, २९ भदौ, २०७९
डिजिटल संस्करण

नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बिदाइ भेटवार्ता गरेका छन् ।

खुमलटारस्थित अध्यक्ष निवासमा आज बिहान भएको भेटवार्तामा अमेरिका र नेपालबीचको दुईपक्षीय सम्बन्धबारे छलफल भएको थियो । सो क्रममा अध्यक्ष प्रचण्डले राजदूत बेरीलाई सफल कार्यकालका लागि बधाई ज्ञापन गरे ।

सुझावित समाचार