केही कुरामा मलाई खतरा रुचि छ भने त्यो घुमघाम नै हो । मैले नेपालका अधिकांश ठूला र चर्चित ठाउँ घुमेको छु । नेपालबाहिर दर्जन बढी देश घुमिसकेको छु । सबै ठाउँका आ–आफ्नो विशेषता छन् । सबै ठाउँमा मेरा आ–आफ्नै सम्झना छन् ।
ठ्याक्कै यही ठाउँ बढी मन पर्यो भन्न मन त लाग्दैन । तर, पोखरा, धरान, मुस्ताङ, नाम्चेलगायत ठाउँ विशेष मन पर्छ । विदेशमा भने सबैभन्दा बढी युके मन पर्छ । कारण, त्यहाँ सपिङ गर्न मज्जा आउँछ । दामी–दामी सामान पाइने रैछ त्यहाँ, त्यो पनि ब्रान्डेड, ब्रान्डेड ।
सुरक्षाका हिसाबले चाहिँ मलाई कोरिया मन पर्छ । त्यहाँ रातबिरात हिँड्न डर हुँदैन रहेछ । दुुबई अर्को राम्रो गन्तव्य हो । मेरो कुनै ‘ड्रिम प्लेस’ छैन । भाग्यले जहाँ–जहाँ पुर्याउँछ, त्यहाँ–त्यहाँ पुग्ने हो ।
घुम्न निस्किँदा मलाई प्रकृतिले लठ्ठै बनाउँछ । म खानपिनमा सौखिन छु, तर विदेश जाँदा खाना त्यति खान्नँ । बढीजसो फलफूल खान मन लाग्छ । विदेशमा एभोकाडो र किबी खान मन लाग्छ ।