१ असोजबाट आचारसंहिता लगाउने आयोगको तयारी

बुधबार, २२ भदौ, २०७९
डिजिटल संस्करण
१ असोजबाट आचारसंहिता लगाउने आयोगको तयारी

निर्वाचन आयाेगकाे भवन । तस्बिर : नयाँ पत्रिका अर्काइभ

निर्वाचन आयोगले आसन्न मंसिरमा हुने निर्वाचनका लागि १ असोजबाट आचारसंहिता कार्यान्वयनमा ल्याउने तयारी गरेको छ। आयोगले विगतको अभ्यासअनुसार समानुपातिकतर्फको बन्दसूची बुझाउने समयलाई आधार मानेर आचारसंहिता लागू गर्ने तयारी गरेको हो। 

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार समानुपातिकतर्फको बन्दसूची बुझाउने समयअगावै आचारसंहिता लागू हुने सम्भावना छ। ‘विगतमा समानुपातिकको बन्दसूची बुझाउनुअगाडिबाट आचारसंहिता लागू हुने गरेको थियो,’ उनले भने, ‘आयोगको कार्यतालिकाअनुसार २ र ३ असोजमा समानुपातिकको बन्दसूची बुझाउने समय छ। यसआसपास लागू हुने गरी आयोगले निर्णय गर्ने सम्भावना छ।’ 

आयोगले १३ भदौमा आचारसंहिता राजपत्रमा प्रकाशित गरेको थियो। आचारसंहितामा चुनावी प्रचारप्रसारमा राष्ट्रिय झन्डा प्रयोगको अनुमति दिने, विदेशी नम्बर प्लेटका सवारी प्रयोगमा रोक लगाउनेलगायत व्यवस्था गरिएको छ।

सुझावित समाचार