सामसङले आफ्नो नयाँ उत्पादन सामसङ ग्यालेक्सी ए१३ स्मार्ट फोन बजारमा ल्याएको छ । कम्पनीले ल्याएको नयाँ फोन उच्च गुणस्तर र अत्याधुनिक प्रविधिसहितको सामसङको ए सिरिज पोर्टफोलियोमा सबैभन्दा किफायती फोन हो ।
यसमा क्वाड क्यामरा सेटअप, लामो समयसम्म चल्ने ब्याट्री, ठूलो स्क्रिन र विस्तारित स्टोरेजजस्ता विशेषता रहेको जनाइएको छ । यसमा क्वाड क्यामराको माथिल्लो भागमा ५० मेगापिक्सेल मेन क्यामरा रहेको जनाइएको छ ।
त्यस्तै, पाँच मेगापिक्सेलको अल्ट्रावाइड र दुई मेगापिक्सेलको डेप्थ र म्याक्रो सेन्सरहरूका साथै अगाडि अगाडि मेगापिक्सेलको सेन्सर रहेको जनाएको छ । यसमा पाँच हजार एमएएच ब्याट्री रहेकाले दुई दिनसम्म ब्याट्री ब्याकअप रहने कम्पनीको दाबी छ । मेमोरी कार्ड स्लट पनि रहेकाले यसमा आन्तरिक स्टोरेज क्षमता एक टेराबाइटसम्म पु¥याउन सकिने जनाइएको छ । त्यस्तै, र्याम ६ जिबीसम्म बढाउन सकिने उल्लेख छ ।
१५ वाटको फास्ट चार्जिङका साथै आउने यो मोबाइलको मूल्य २१ हजार पाँच सय रुपैयाँबाट सुरु हुने जनाइएको छ ।