सिंहदरबारले स्थानीय तहमा अधिकार दिन चाहेन : पूर्वमुख्यमन्त्री पौडेल

सोमबार, २० भदौ, २०७९
डिजिटल संस्करण

बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले संघीय सरकारका कारण स्थानीय र प्रदेश सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाएका छन् । प्रदेश राजधानी हेटौँडामा सोमबार भएको संघीयता सबलीकरणसम्बन्धी छलफलमा बोल्दै उनले संघीय सरकारको मानसिकतामा परिवर्तन नभएसम्म प्रदेश र स्थानीय सरकारका कामकारबाही प्रभावकारी बन्न नसक्ने बताएका हुन् ।

संघीय सरकारका कारण प्रदेश सरकारले आफ्नो कामको प्रदर्शनलाई देखाउन नसकेको गुनासो गरे । उनले संघीय सरकारले नै प्रदेश र स्थानीय सरकारलाई सबल बनाउन नचाहिरहेको दाबी गरे । उनले  संघीय सरकारले प्रदेश र स्थानीय सरकारको हात बाँधेर राखेको दाबी गरे । संघीयता आउनेबित्तिकै दिल्लीका केजरीवालले जस्तो काम गर्नुपर्ने मानसिकता राखिएको उल्लेख गर्दै उनले दिल्लीको जस्तो अधिकार नेपालको प्रदेश सरकारलाई संघ सरकारलै दिएको छ कि छैन भन्ने मूल्यांकन गर्ने काम नभएको गुनासो गरे । 

उनले संघीयता प्रणाली आफैँमा नकारात्मक नभएको, तर केही बुद्धिजीवीले नकारात्मक प्रचार गर्ने काम भएको आरोप लगाए । उनले संघीयता बलियो बनाउन के–कस्ता बाधा छन् भन्नेबारेमा मात्रै छलफल चलेको बताए । पूर्वमुख्यमन्त्री पौडेलले प्रदेश सरकारले विकास निर्माणको काममा अहिलेसम्म नभएका काम गरेको ठोकुवा गरे । 
 
 

सुझावित समाचार