केन्यालाई २३१ रनको लक्ष्य, रोहितले बनाए अर्धशतक

शनिबार, १८ भदौ, २०७९
डिजिटल संस्करण

तीन एकदिवसीय क्रिकेट म्याचको दोस्रो खेलमा नेपालले केन्यालाई २३१ रनको विजयी लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.३ बलमा अलआउट हुँदै २३० रन बनाए।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ७८ रनको इनिङ खेले। यस्तै, देव खनालले ३७, सोमपाल कामीले २६ र ज्ञानेन्द्र मल्लले २५ रन बनाए। अन्य खेलाडीले प्रभावशाली रन बनाउन सकेनन्। 

पहिलो म्याचमा शतक बनाएका मोहम्मद आसिफ सेख घुँडामा लागेको चोटका कारण आजको खेलमा सहभागी थिएनन्। उनको स्थानमा देव खनालले मौका पाएका थिए। राम्रो सुरुवात गरे पनि खनालले इनिङलाई धेरैमाथिसम्म लैजान सकेनन्। 

आजको म्याच जिते नेपालले एक म्याचअघि नै श्रृंखला जित्नेछ। केन्याले जिते एक–एकको अवस्थामा पुग्नेछ। र श्रृंखलाको अन्तिम म्याच नै निर्णायक हुनेछ।
 

सुझावित समाचार