भक्तपुरमा देखाइयो टी–२० विश्वकपको ट्रफी

बुधबार, १५ भदौ, २०७९
डिजिटल संस्करण
भक्तपुरमा देखाइयो टी–२० विश्वकपको ट्रफी

तस्बिर : संजित परियार

अस्ट्रेलियामा हुने आइसिसी टी–२० विश्वकपको ट्रफी अवलोकनका लागि भक्तपुर दरबार परिसरमा राखिएको छ। लाखे नाच र विभिन्न बाजागाजासहित ट्रफी बुधबार भक्तपुरमा सर्वसाधारणलाई देखाइएको हो।

गत शुक्रबारदेखि सुरु भएको ‘ट्रफी टुर’अन्तर्गत उक्त ट्रफी मंगलबार काठमाडौं ल्याइएको थियो। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले विश्वका विभिन्न राष्ट्रमा ट्रफी टुर सुरु गरेको छ।

अस्ट्रेलियाका विभिन्न सात सहरमा हुने प्रतियोगिता १६ अक्टोबरदेखि सुरु हुनेछ। मेलबर्न मैदानमा १३ नोभेम्बरका दिन फाइनल हुनेछ। प्रतियोगितामा १६ टोलीबीच ४५ खेल हुनेछन्।

सुझावित समाचार