अवैध संरचनामा महानगरको ह्याम्मर (फोटोफिचर)

आइतबार, १२ भदौ, २०७९
डिजिटल संस्करण
अवैध संरचनामा महानगरको ह्याम्मर (फोटोफिचर)

भोटाहिटी–रत्नपार्कमा रहेको अन्डर पास सब–वेमाथि बनाइएको संरचना भत्काइँदै । तस्बिर : अमुल थापा/ नयाँ पत्रिका

पछिल्ला केही दिनदेखि काठमाडौं महानगर क्षेत्रमा महानगरको डोजर दौडिरहेको छ । ती डोजरले अवैध रूपमा निर्माण गरिएका संरचना भत्काइरहेका छन् । 

शनिबार सार्वजनिक बिदाको दिन कतै डोजर देखिएनन् । आइतबार बिहानै महानगर पुनः आफ्नो अभियानमा जुट्यो । महानगरले आइतबार बिहान भोटाहिटी–रत्नपार्क अन्डरपासमाथिका संरचना भत्काउन थाल्यो । 

यसपटक डोजरको प्रयोग भएन । महानगर प्रहरी बल हातमा ह्याम्मर लिएर मैदानमा उत्रियो । नगर प्रहरी अन्डरपासमाथि ठेकेदारले अनधिकृत रूपमा बनाएको संरचना भत्काउन थाले । 

सुझावित समाचार