आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा पार्टीको मत बढाउन एमाले अध्यक्ष केपी ओलीले ६ योजना अघि सारेका छन्। आजदेखि जारी पार्टीको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै ओलीले पार्टीको मत बढाउन ६ योजना प्रस्ताव गरेका हुन्।
आफ्नो शक्तिमाथिको विश्वास बढाएर गठबन्धनको मनोवैज्ञानिक भयबाट मुक्त हुने, नयाँ पुस्तालाई ध्यान दिने, एमाले सरकारले गरेका कामको प्रचार गर्नेलगायत ओलीले ६ योजना अघि सारेका छन्।
यस्ता छन् अध्यक्ष ओलीका याेजना :
१. मतदाता नामावली अद्यावधिक गर्ने र दोहोरिएका नामहरू हटाउन निर्वाचन आयोगको ध्यानाकर्षण र पहल गर्ने।
२. आमजनसमुदायमा पार्टीका नीति र एजेन्डाको व्यापक प्रचार गर्ने।
३. एमाले सरकारले गरेका कामको सशक्त प्रचार गर्ने।
४. आफ्नो शक्ति र सामर्थ्यमाथिको आत्मविश्वास बढाउने, गठबन्धनको मनोवैज्ञानिक भयबाट मुक्त हुने।
५. हामीलाई बहुमतका लागि आवश्यक पर्ने करिब १६ प्रतिशत मत अपुग छ। त्यसलाई वृद्धि गर्न सकिन्छ र यसका लागि ठोस योजनाका साथ अगाडि बढ्ने।
६. नयाँ पुस्तामा विशेष ध्यान दिने।