रोहित बोल्ड, गुम्यो चौथो विकेट

बिहिबार, ९ भदौ, २०७९
डिजिटल संस्करण

नेपालको ब्याटिङ फेरि एकपटक धर्मराएको छ । लगातार अन्तरालमा विकेट गुमाएपछि नेपाल संकटपूर्ण अवस्थामा पुगेको छ । 

केन्याले दिएको १३१ रनको मध्यम लक्ष्य पछ्याइरहेको नेपालले १४औँ ओभरको अन्तिम बलमा उपकप्तान रोहित पौडेललाई गुमाएको छ । पटेकलको बल स्विप गर्ने क्रममा रोहित क्लिन बोल्ड हुन पुगे । 

त्यसअघि १२औँ ओभरमा नेपालले तेस्रो विकेटको रूपमा ज्ञानेन्द्र मल्ललाई गुमाएको थियो । लामो समयपछि राष्ट्रिय टिममा फर्किएका मध्यक्रमका भरपर्दा ब्याटर ज्ञानेन्द्र १९ रन बनाएर आउट भएका थिए ।
 

सुझावित समाचार