ओरियनको ‘म्यांगो चोकोपाई’ बजारमा

शुक्रबार, ३ भदौ, २०७९
डिजिटल संस्करण

मिलेनिया ग्लोबल प्रालिले ओरियनको ‘म्यांगो चोकोपाई’ नेपाली बजारमा बिक्री सुरु गरेको छ । कम्पनीले मंगलबार साँझ काठमाडौंमा आँपको स्वादमा उत्पादित ओरियन चोकोपाई सार्वजनिक गरेको हो । एमएस ग्रुपको सिस्टर कम्पनी मिलेनिया ग्लोबल ओरियन इन्डियाका उत्पादनको नेपालका लागि आधिकारिक वितरक हो । कम्पनीले गत जेठमा ओरियन ब्रान्ड औपचारिक रूपमा भित्र्याएको हो । नेपालको कन्फेक्सनरी बजारमा आक्रामक ढंगले फैलिने रणनीति बनाएको मिलेनिया ग्लोबलले नयाँ–नयाँ स्वादको चोकोपाई बजारमा ल्याउने जनाएको छ । अहिले ‘ओरिजिनल चोकोपाई’ र ‘म्यांगो चोकोपाई’ बजारमा उपलब्ध छ । 

अबको एक महिनामा अर्को नयाँ स्वादको चोकोपाई ल्याउने कम्पनीले जनाएको छ । नेपाली उपभोक्ताका लागि म्यांगो फ्लेबरको चोकोपाई नयाँ स्वाद हुनेछ । यो चोकोपाईमा ४० प्रतिशत म्यांगो प्रयोग गरिएको कम्पनीको दाबी छ । ‘नेपालीले ओरियन म्यांगो चोकोपाईमा स्थानीय स्वाद पाउनुहुनेछ,’ ओरियन इन्डिया तथा नेपालका सिइओ सौरभ सेठले भने, ‘हामीले प्रिमियम गुणस्तरीय चोकोपाई बजारमा ल्याएका छौँ ।’ 

नेपालमा आधिकारिक रूपमा बिक्री सुरु भएको करिब ९५ दिनमै ओरियन चोकोपाईको बजार ३१ प्रतिशत पुगिसकेको मिलेनिया ग्लोबलका सिइओ आशिष जोशीले बताए । आगामी ६ महिनाभित्र कम्पनीले चोकोपाई बजारमा ओरियन ब्रान्डको हिस्सा ७० प्रतिशत पु¥याउने लक्ष्य लिएको छ । मिलेनिया ग्लोबलले ओरियनका उत्पादनका लागि देशभरि ३५ हजारभन्दा बढी स्टोर विस्तार गर्ने योजना बनाएको छ ।

सुझावित समाचार