कम्युनिस्ट नेता स्वनाम साथीको स्मृतिमा प्रकाशित पुस्तक ‘स्मृतिमा स्वनाम’ सार्वजनिक भएको । काठमाडौंमा सोमबार आयोजित कार्यक्रममा ‘स्मृतिमा स्वनाम’को पत्रकार भैरव रिसाल र मार्स्कीय गुरुकुलका संस्थापक सदस्य घनश्याम शर्मा पौड्याल र निनु चापागाईंले संयुक्त रूपमा विमोचन गरेका हुन् ।
पत्रकार रिसालले स्वनाम सरल र सादगी नेता भएको बताएका थिए । स्वनामले सादगीपन व्यवहारमै देखाउने गरेको उनले सुनाए । पुस्तकबारे माओवादी केन्द्रका नेता तथा पूर्वशिक्षामन्त्री गिरिराजमणि पोखरेल, वाम विश्लेषक श्याम श्रेष्ठ र लेखक आहुतिले चर्चा गरेका थिए । पोखरेलले स्वनाम साथीका जीवनका विभिन्न पाटाबारे चर्चा गरेका थिए ।
आहुतिले नेपाली कम्युनिस्ट आन्दोलनमा बहस हुँदै आएको ‘सर्वहाराकरण’को विषय सही हुँदाहुँदै पनि बाँच्नकै लागि मध्यम र पुँजीपतिवर्गसँग हात थाप्नुपर्ने नियति रहेको बताए । ‘स्वनाम साथीले पनि बाँच्नकै लागि त्यस्ता वर्गसँग हात थाप्नुपर्ने अवस्था बन्यो, यसको समीक्षा गर्नुपर्छ,’ आहुतिले भने ।
पुस्तकको प्रधान सम्पादक निनु चापागाईं हुन् । पुस्तकमा स्वनाम साथीसँगको सानिध्य रहेका ८५ जनाको व्यक्तिगत संस्मरण समावेश छन् । पुस्तक मार्क्सीय गुरुकुलले प्रकाशन गरेको हो ।
‘स्मृतिमा स्वनाम’ सार्वजनिक
बजारले होइन, चेतनाले बन्छ राम्रो सिनेमा
३ हप्ता अघि
लोपोन्मुख नृत्य संरक्षणमा ऋतम्भरा
२ हप्ता अघि
पहिलोपटक युरोप भ्रमण गर्दै मंगोलियन हार्ट
३ हप्ता अघि
गायिका रिया खत्रीको ‘युके शहर’ सार्वजनिक
२ हप्ता अघि
सुझावित समाचार
दसैँगीत ‘आइपुग्यो दसैँ यो आँगन’ सार्वजनिक
काठमाडौं । नेपाली मौलिक संस्कृति, पारिवारिक आत्मीयता र उत्साह समेटिएको नयाँ लोक–आधुनिक गीत ‘आइपुग्यो दसैँ यो आँ…
आत्मसम्मान र परिचयको संघर्ष : पेन्सन पट्टा
चलचित्र सलल बग्छ । कहीँ पनि बोरिङ फिल हुँदैन । सरल र मार्मिक छन् संवादहरू । विशेषगरी, कलाकार सेलेक्सन, भाषा, रंग, सादगीपन…
चीनमा गुन्जियो नेपाली मौलिक संस्कृति
लमजुङ- चीनको फुगोङमा एक साँझ नेपाली मौलिक पोसाकमा सजिएका कलाकार कौरा नृत्यको ताल सुरु गर्दै थिए । उनीहरूले देउसी र भैलोको…
दसैँको पूर्वसन्ध्यामा र्यापर भियोमाको लाइभ कन्सर्ट हुने
काठमाडौंको जडीबुटीस्थित क्लब १८ मा र्‍यापर भियोमाको विशेष सांगीतिक प्रस्तुति हुने भएको छ। दसैँको पूर्वसन्ध्यामा १६ असोजमा आ…
लोकनाथ पौडेलको जीवनमा आधारित वृत्तचित्र सार्वजनिक
चार दशकभन्दा बढी समय शिक्षण पेसामा समर्पित हुँदै सामाजिक, साहित्यिक, धार्मिक तथा सांस्कृतिक क्षेत्रमा निरन्तर योगदान पुर्‍याउ…
गायिका रिया खत्रीको ‘युके शहर’ सार्वजनिक
गायिका तथा मोडल रिया खत्रीले ‘युके शहर’ बोलको गीत सार्वजनिक गरेकी छिन्। शुक्रबार राजधानीमा एक कार्यक्रमबिच विमोचन…