कतार प्रहरीमा भर्नाको नाममा प्रतिव्यक्ति १५ लाख रुपैयाँसम्म लिएको गुनासो आएपछि वैदेशिक रोजगार विभागले मेनपावर कम्पनीमा छापा मारी कागजात नियन्त्रणमा लिएको छ ।
विभागले अल ताक्वेत ओभरसिज नेपाल प्रालिको कार्यालयमा छापा मारी कागजात नियन्त्रणमा लिएको हो । सो ओभरसिजले कतार पठाउन १५ लाख रुपैयाँसम्म लिने गरी अन्तर्वार्ताको तयारी गरेको खबर पत्रपत्रिकामा आएपछि छापा मारिएको विभागका निमित्त महानिर्देशक कृष्णप्रसाद भुसालले जानकारी दिए ।
कतार पुलिसमा पठाउने भनी अन्तर्वार्ताको मितिसमेत तोकेको अवस्थामा विभिन्न सञ्चारमाध्यमहरूले सो इजाजतपत्र प्राप्त संस्थाले विभिन्न व्यक्तिहरूसँग १५ लाख रुपैयाँसम्म उठाएको भन्ने व्यहोराका समाचार प्रकाशन गरेकोले सो संस्थाको उक्त कार्य शंकास्पद देखिएको विभागले जनाएको छ । विभागका निमित्त महानिर्देशक भुसालद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘उक्त संस्थामा आकस्मिक अनुगमन गरी सोसम्बन्धी कागजात बरामद गरी अन्य आवश्यक अनुसन्धान भइरहेको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’
मेनपावर कम्पनीमा विभागको छापा, कागजात नियन्त्रणमा
राष्ट्रिय गौरवका आयोजनाको लज्जास्पद प्रगति
३ हप्ता अघि
चीनतर्फका तीनवटै नाका बन्द
३ हप्ता अघि
१ मंसिरबाट मासु जाँच ऐन लागू गरिने
३ हप्ता अघि
सुझावित समाचार
बिहीबारदेखि आइतबारसम्म धान नकाट्न मौसमविद्को सुझाव, वर्षाको सम्भावना
काठमाडौं । आगामी बिहीबारदेखि आइतबारसम्म नेपालका धेरै स्थानमा वर्षा हुने सम्भावना रहेकाले मौसमविद्ले किसानलाई धान नकाट्न सुझाव…
वेब प्रविधिमा विश्वव्यापी सुरक्षा जोखिमपछि राष्ट्र बैंकका सेवा अस्थायी रूपमा बन्द
काठमाडौं । वेब प्रविधि PHP मा विश्वव्यापी रूपमा गम्भीर सुरक्षा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले आफ्नो वेबसाइटलगायतका सेवा अस्…
एनआइसी एसिया बैंकको आकस्मिक सूचना : गम्भीर सुरक्षा जोखिमका कारणा वेबसाइट र अनलाइन सेवा अस्थायी बन्द
काठमाडाैं । एनआइसी एसिया बैंकले वेब प्रविधि (पिएचपी) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई ध्यानमा राख्दै आफ्नो …
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको द…
चाडपर्वमा हुन सक्ने डिजिटल ठगीप्रति सचेत रहन राष्ट्र बैंकको आग्रह
काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैँको समयमा डिजिटल माध्यमबाट हुन सक्ने ठगीप्रति सचेत रहन आग्रह गरेको छ। बैंकहरू बन्द हुन…
आज कुन देशको मुद्राको विनिमयदर कति ?
काठमाडाैं । आज मंगलबार अमेरिकी डलर, पाउन्ड स्टर्लिङ, युरोलगायतको विनिमयदर घटेको छ भने अस्ट्रेलियन डलर, क्यानेडियन डलरलगायतको …