एमाले सांसद गणेशकुमार पहाडीले अहिलेको निर्वाचन प्रणालीमा समस्या रहेको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पहाडीले अहिलेको निर्वाचन प्रणाली भड्किलो र महँगो रहेको बताए ।
उनले अहिलेको निर्वाचन प्रणालीको कारण महिला मात्रै नभई पुरुषहरू पनि प्रत्यक्ष निर्वाचन लड्न डराइरहेको बताए । ‘निर्वाचन प्रणाली महँगो भएकोले पुरुष सांसदहरू पहिलो हुने निर्वाचन प्रणालीबाट भागेर समानुपातिकतिर जान खोजिरहनुभएको छ,’ सांसद पहाडीले भने, ‘अहिले सांसदहरूमा प्रत्यक्षभन्दा समानुपातिकमा चुनाव लड्ने होडबाजी छ ।’
निर्वाचन प्रणालीलाई सस्तो र सरल बनाए मात्र प्रतिस्पर्धामा आउन महिला पुरुष सबै अग्रसर हुने उनको भनाइ थियो ।
‘अहिले हाम्रो समस्या निर्वाचनमा छ । निर्वाचन महँगो छ, भड्किलो छ । महिलाहरू मात्रै होइन, पुरुषहरू पनि पहिलो हुने निर्वाचन प्रणालीबाट भागेर समानुपातिकतिर जान खोजिरहनुभएको छ । किनभने जीवनभर राजनीति गर्नुभएको छ, चुनाव लड्न पैसा छैन । त्यसकारण प्रत्यक्षबाट भागेर समानुपातिकमा बस्नको लागि प्रतिस्पर्धा र होडबाजी छ । समस्या त्यहाँ छ । त्यसैले हाम्रो निर्वाचन सस्तो सरल बनाउनेतर्फ हामी जाने हो भने स्वाभाविक रूपमा प्रत्यक्षतर्फ प्रतिस्पर्धामा आउन महिला पुरुष सबै अग्रसर हुनेछन् । त्यसले पनि हाम्रो प्रतिनिधित्वलाई सुनिश्चित गर्छ,’ उनले भने ।
उनले यो निर्वाचन प्रणालीले कुनै पनि दलले स्पष्ट बहुमत ल्याउने कुरालाई निरुत्साहित गरिरहेको जिकिर गरे ।
धेरै पुरुष प्रत्यक्षबाट भागेर समानुपातिकतिर जान खोजिरहेका छन् : सांसद पहाडी
सुझावित समाचार
कुलेखानी जलाशयको सतह एक घण्टामै २२ सेन्टिमिटर बढ्यो, सतर्क रहन आग्रह
मकवानपुर/ लगातारको वर्षाका कारण मकवानपुरको कुलेखानी जलाशयमा पानीको सतह तीव्र गतिमा बढिरहेको छ। शनिबार बिहान ११ बजेको…
कुलेखानी जलाशयको सतह १ हजार ५२७ मिटर नाघ्यो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
मकवानपुर/ लगातारको वर्षाका कारण मकवानपुरस्थित कुलेखानी जलाशयको पानीको सतह तीव्र गतिमा बढेको छ। शनिबार जलाशयको सतह एक …
पत्रकार धरपकड गर्न प्रहरी कसले पठायो ?
हेडक्वार्टर भन्छ, ‘जानकारी छैन’, प्रधानमन्त्री सचिवालयको उम्किने वक्तव्य
आज माइतीघर मण्डलामा विरोध प्रदर्शन आह्वान
काठमाडाैं- नेपाल पत्रकार महासंघले पत्रकार पक्राउ र सञ्चारगृहमाथि धरपकड र न्युजरुममाथि प्रहरी हस्तक्षेपविरुद्ध शनिबार बिहान बृहत् …
संविधान, प्रेस स्वतन्त्रता र अन्तर्राष्ट्रिय कानुनहरूको उल्लंघन : महासंघ
काठमाडाैं- नेपाल पत्रकार महासंघले नयाँ पत्रिका, नेपालप्रेसको समाचार कक्षभित्रै विनाअनुमति प्रहरीको प्रवेश र पत्रकार धरपकड सरकार…
समाचार कक्षमै प्रहरी : प्रेस स्वतन्त्रतामाथि प्रहार
पत्रकार महासंघ, दलहरूदेखि नागरिक समाजको विरोध, सरकारको नियतमाथि प्रश्न