एमालेको संरचना बलियो छ, तर अहिलेको अवस्था सहज छैन : प्रा.डा. लोकराज बराल

शुक्रबार, २० साउन, २०७९
डिजिटल संस्करण
एमालेको संरचना बलियो छ, तर अहिलेको अवस्था सहज छैन : प्रा.डा. लोकराज बराल

प्रा.डा. लोकराज बराल राजनीतिक विश्लेषक

०७४ को निर्वाचन एमालेका लागि अनुकूल थियो । केपी ओलीले नाकाबन्दीलगायत विषयमा बोलेका कारण ‘राष्ट्रवादको छवि’ थियो । त्यो अब छैन । त्यतिवेला अरू पार्टी एमालेविरुद्ध बलियो रूपमा उभिएको अवस्था पनि थिएन ।

अहिले अवस्था परिवर्तन भएको छ । एमालेविरुद्ध पाँचदलीय गठबन्धन बनेको छ । यो कांग्रेस र गठबन्धनमा रहेका दललाई फाइदाजनक देखियो । अहिलेको सरकारले डेलिभरी दिन नसके पनि बिगारेको पनि केही छैन ।

नागरिकता विधेयक ल्याएर मधेसको मुद्दामा नजिकिन खोजेको देखिन्छ । एमालेको संगठन संरचना बलियो छ, तर अहिले एमालेका लागि सहज अवस्था भने देखिँदैन । 

सुझावित समाचार