कन्काईमा नबिल बैंकको वित्तीय पहुँच अभिवृद्धि कार्यक्रम

बिहिबार, १९ साउन, २०७९
डिजिटल संस्करण

नबिल बैंकले कन्काई नगरपालिकामा डिजिटल बैंकिङ तथा वित्तीय पहुँच अभिवृद्धि कार्यक्रम गरेको छ । बैंकले कन्काई नगरपालिकाको कार्यालयमा भएको कार्यक्रममा एक सय ५० जना युवा तथा महिला उद्यमीको सहभागितामा कार्यक्रम गरेको हो ।

 दिगो बैंकिङलाई प्रवद्र्धन गर्न गरिएको कार्यक्रममा प्रमुख अतिथि कन्काई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलले कृषिको विस्तार र विकासमा वित्तीय क्षेत्रको महत्वपूर्ण भूमिका रहने बताए । नबिलले गर्दै आएको दिगो बैंकिङले युवा तथा महिला उद्यमीलाई आफ्नो व्यापार–व्यवसाय प्रवद्र्धन गर्न थप हौसला दिएको उनको भनाइ थियो । उपमेयर आशा सिवाकोटीले रोजगारीका अवसर सिर्जना गर्नका साथै उद्यमशीलता प्रवद्र्धन गर्न वित्तीय क्षेत्रको विशेष भूमिका रहने बताइन् ।

कार्यक्रम विशेष गरी स्थानीय क्षेत्रको कृषि प्रवद्र्धन, युवा तथा महिला उद्यमशीलता, डिजिटल बैंकिङ तथा वित्तीय साक्षरतामा केन्द्रित रहेको थियो । बैंकका मेची क्लस्टर प्रमुख सरोज श्रेष्ठले डिजिटल बैंकिङ आजको आवश्यकता भएको र क्युआरकोडले व्यवसायमा पुर्याउने योगदानका बारेमा जानकारी दिएका थिए । बैंकका दिगो बैंकिङ प्रमुख लीलाप्रसाद ओझाले नबिल दिगो बैंकिङको विभिन्न आयामका बारेमा प्रस्तुति दिनुका साथै कृषिकर्जा, महिला तथा युवा उद्यमशील कर्जाका बारेमा जानकारी दिएका थिए । 

नेपाल सरकारले अवलम्बन गरेको दिगो विकासको लक्ष्यलाई सघाउन बैंकले २०७८ असारदेखि दिगो बैंकिङको सुरुवात गरेको हो । सुरुमा १७ वटा शाखाबाट सुरु गरेको दिगो बैंकिङ बैंकले हाल एक सयवटा शाखामा विस्तार गरेको जनाइएको छ । दिगो बैंकिङअन्तर्गत किसान कर्जा र उद्यमशील कर्जामार्फत पाँच सयभन्दा बढी उद्यमीलाई ५५ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको बैंकले जनाएको छ ।

सुझावित समाचार