गृहमन्त्रीको निर्देशन– सप्तकोसी कटानपीडितको उद्धार गर्न हेलिकोप्टर तयारी अवस्थामा राख्नू

बुधबार, १८ साउन, २०७९
डिजिटल संस्करण
गृहमन्त्रीको निर्देशन– सप्तकोसी कटानपीडितको उद्धार गर्न हेलिकोप्टर तयारी अवस्थामा राख्नू

गृहमन्त्री बालकृष्ण खाण

गृहमन्त्री बालकृष्ण खाणले उदयपुरको बेलका नगरपालिका १, २, ८ र ९ मा सप्तकोसी कटानपीडितको उद्धारका लागि हेलिकोप्टर तयारी अवस्थामा राख्न सुरक्षा निकायहरूलाई निर्देशन दिएका छन् । 

नेपाली सेनाका रथी बालकृष्ण कार्कीसँग कुराकानी गर्दै गृहमन्त्री खाणले कटान तत्काल रोकिने अवस्था नदेखिएकाले प्रभावितको उद्धार, राहत र स्थानान्तरणका लागि हेलिकोप्टर आवश्यक पर्ने भन्दै तयारी अवस्थामा राख्न निर्देशन दिएका हुन् ।

सेनाले कटानपीडितलाई आवश्यक परे तत्काल उपलब्ध हुने गरी हेलिकोप्टर तयारी अवस्थामा राखिएको बताएको छ । 
सप्तकोसीको कटानका कारण दुई हजार चार सय घरपरिवार विस्थापित हुने भएकाले उनीहरूलाई स्थानान्तरण गर्ने तयारी भइरहेको छ ।
 

सुझावित समाचार