मंगलबार एकै दिन एक सय ७७ जना कोरोना संक्रमित थपिएका छन्। तीन हजार एक सय २६ जनाको नमुना परीक्षणमा नयाँ संक्रमित थपिएका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ४१ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर सक्रिय संक्रमितको संख्या आठ सय ७३ रहेको छ।