संघीय संसदअन्तर्गत आज प्रतिनिधिसभाको बैठक बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो २ बजे सुरु हुनेछ ।
आजको बैठकमा राज्यव्यवस्था तथा सुशासन समितिका ज्येष्ठ सदस्य मुकुन्द न्यौपानेले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७९ पेस गर्ने, गृहमन्त्री बालकृष्ण खाणले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५ लाई फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।