चिनियाँ नेता आइतबार आउँदै, शीर्ष राजनीतिक नेतृत्वसँग भेट गर्ने

शुक्रबार, २४ असार, २०७९
डिजिटल संस्करण

चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) अन्तर्राष्ट्रिय सम्पर्क विभागका नवनियुक्त प्रमुख लिउ जियानचाओ आइतबार चारदिने भ्रमणका क्रममा नेपाल आउने भएका छन् । अन्तर्राष्ट्रिय सम्पर्क विभागको प्रमुखमा नियुक्त भएपछि उनको पहिलो भ्रमण नेपालबाट हुँदै छ ।

नेपालमा रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत नेतासँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

यसबीचमा एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र कांग्रेस नेता डा. नारायण खड्कासँग भिडियोमार्फत संवाद गरेका लिउ प्रत्यक्ष रूपमा संवादका लागि आउन लागेका हुन् । लिउले १८ जेठदेखि पार्टीको अन्तर्राष्ट्रिय समन्वय विभागको जिम्मेवारी लिएका थिए । उनले ९ असारमा प्रचण्ड, १० असारमा ओली र १६ असारमा खड्कासँग भिडियो संवाद गरेका थिए ।

एमाले विदेश विभाग प्रमुख डा. राजन भट्टराईले ओलीसँग नेता लिउको भेटवार्ताको मिति अझै तय भइनसकेको बताए । परराष्ट्र प्रवक्ता सेवा लम्सालले भने उनको भ्रमणबारे जानकारी नभएको प्रतिक्रिया दिएकी छिन् । 

सुझावित समाचार