व्यवसायलाई स्मार्ट, समाजलाई थप समावेशी र जीवनलाई अझ राम्रो बनाउन मद्दत गर्ने सोलुसनहरू साझेदारी गर्ने लक्ष्यका साथ ह्वावेले आइसिटी फाउन्डेसन नेपाल र ह्वावेद्वारा संयुक्त रूपमा आयोजित ह्वावे डिजिटल नेपाल कनक्लेभमा आफ्नो 'लाइटिङ अप द फ्युचर' प्रदर्शनी आयोजना गरेको छ।
दुईदिने प्रदर्शनीमा सरकार, दुरसञ्चार र समग्र आइसिटी क्षेत्रका ६०० भन्दा बढी अतिथिहरूले अवलोकन गरेका थिए। प्रदर्शनीमा उपराष्ट्रपति नन्दकिशोर पुन, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, सञ्चार मन्त्रालयका सचिव वैकुण्ठ अर्याल, नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
आइसिटी प्रविधिको विश्वव्यापी अडप्सन र 'गिगाभर्स' एमबिबी नेटवर्कहरू, नेटवर्क फर क्लाउड, ग्रिन आइसिटी, फाइभ–जी र यसको प्रयोगका केसहरू, ह्वावेको पब्लिक र हाइब्रिड क्लाउड सोलुसन र ह्वावेको डेटा सेन्टर सोलुसन प्रस्तुतीकरणहरूसित यो आउँदो दशक कस्तो देखिन्छ भन्ने कुरा प्रदर्शनीमा ह्वावेको “इन्टेलिजेन्ट वर्ल्ड २०३०”को भिजनले प्रस्तुत गरेको थियो।

कनक्लेभमा ह्वावेका ग्लोबल पब्लिक सर्भिस इन्डस्ट्री विशेषज्ञ प्याट्रिक लाओले दिगो वृद्धि हासिल गर्नको लागि डिजिटल रूपान्तरण र प्रयोगकर्ता केन्द्रितको आवश्यकताबारे कुरा गरेका थिए। उनले ह्वावेको 'इन्टेलिजेन्ट–टुइन आर्किटेक्चर' कसरी डिजिटल रूपान्तरणको लागि सक्षमकर्ता हो भनेर प्रदर्शन गरे। ह्वावेको “इन्टेलिजेन्ट–टुइन आर्किटेक्चर” क्लाउड–एआई सोलुसन हो जसले इनोभेटिभ एप्लिकेसनहरूलाई समर्थन गर्न क्लाउड, नेटवर्क, एज र उपकरणमार्फत बनेको सही पूर्वाधारमा जोड दिन्छ।
ह्वावे डिजिटल नेपाल कनक्लेभ उद्घाटन समारोहमा आयोजित विशेष मन्तव्यमा ह्वावे नेपालका प्रमुख कार्यकारी अधिकृत विलियम झाङले आर्थिक विकासमा आइसिटीको भूमिकालाई उजागर गरेका थिए। उनले भने, 'डिजिटल अर्थतन्त्रले महामारीपछिको रिकभरीलाई इन्धन दिनेछ।' २०२० मा विश्वको जिडिपी २.८ प्रतिशतले घट्यो तर आइसिटी लगानी ५ प्रतिशतले बढ्यो।
सन् २०२५ सम्ममा विश्वको अर्थतन्त्रको ५० प्रतिशत डिजिटल अर्थतन्त्रमा परिणत हुने अपेक्षा गरिएको छ। डेटा स्टोरेजको लोकलाइजेसन प्रवृत्तिका बारेमा बोल्दै उनले भने, 'नेपालका लागि भरपर्दो र सुरक्षित सार्वभौम डेटा सेन्टर हुनु अहिलेको आवश्यकता हो। यो नेपाली नागरिकको तथ्यांक संकलन र संरक्षण मात्र होइन, एकीकृत सरकारी सेवाहरू उपलब्ध गराउन र साँच्चै डिजिटल नेपालको आधारशिलाको रूपमा काम गर्न आवश्यक छ।' उनले नेपालको डिजिटल रूपान्तरणको सम्भावनालाई साकार पार्न विश्वव्यापी र गुणस्तरीय ब्रोडब्यान्ड कभरेजको आवश्यकतालाई पनि औँल्याएका छन्।