कांग्रेस पदाधिकारी बैठक : भ्रातृ संस्थाका विधानमा एकरूपता ल्याउनेबारे छलफल

मंगलबार, २१ असार, २०७९
डिजिटल संस्करण

नेपाली कांग्रेसको पदाधिकारी बैठकले भ्रातृ संस्थाका विधानमा एकरूपता ल्याउनेबारे छलफल गरेको छ। सहमहामन्त्री जीवन परियारका अनुसार बैठकमा भ्रातृ तथा शुभेच्छुक संस्थाको विधानमा एकरूपता आउने गरी विधान पारित गर्नेबारे छलफल भएको हो।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा भ्रातृ एवं शुभेच्छुक संस्थाको विधान मापदण्ड निर्धारण तथा एकरूपता समिति’ले पेस गरेको प्रतिवेदनअनुसार एकरूपता कायम गर्ने विषयमा पदाधिकारीबीच छलफल भएको हो। उनले विधानलाई एकरूपता दिएर २७ असारमा बस्ने केन्द्रीय समिति बैठकबाट पारित गराउने तयारी रहेको जानकारी दिए।
 

सुझावित समाचार