अस्पतालका कर्मचारी बोकेको बस दुर्घटना हुँदा एकको मृत्यु, ३८ घाइते

शुक्रबार, १७ असार, २०७९
डिजिटल संस्करण

काभ्रेको बनेपा नगरपालिका– ११ मा अवस्थित अपांग बाल अस्पतालका कर्मचारी बोकेको बस दुर्घटना हुँदा एकजना महिलाको मृत्यु भएको छ भने ३८ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि खतिवडाका अनुसार अस्पतालका कर्मचारी घर–घर लैजाने क्रममा बा.१क ५७४७ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा अस्पतालकी महिला कर्मचारी लेखकुमारी बस्नेतको मृत्यु भएको खतिवडाले जानकारी दिए । घाइते बस्नेतको शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको उनले बताए । 

अन्य ३८ जना घाइतेको शिर मेमोरियल अस्पताल, भोमी अस्पताल र धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिए । अस्पतालबाट बनेपातर्फ आइरहेको बसले अस्पतालतर्फ जाँदै गरेको मोटरसाइकललाई साइड दिँदा सडकको छेउ भासिएको र बस रोडबाट खसेको थियो । 
 

सुझावित समाचार