गायक सुरज पण्डितले रेलको बाटो २ ‘सिंहदरबार’ ल्याएका छन् । रेलको बाटोको सफलतापछि उनले रेलको बाटो २ ल्याएको बताएका छन् । हिमाली जिल्ला हुम्लामा छायांकन गरिएको उक्त भिडियोमा त्यहाँका जनताले बारम्बार खेप्नुपरेको सास्तीलाई चित्रण गरिएको छ ।
नेताको आश्वासन र जनताको दुःखबाहेक त्यहाँका जनताले नयाँ कुरा देख्न नसकेको यथार्थलाई गीत र भिडियोमा देखाउन खोजिएको छ ।
जाउँ कहाँ गाउँ छाडी लुक्ने सहर देख्या छैन
ठूलो महल बनाइबस्ने त्यो नि मेरो रहर होइन
भत्किएको छाप्रोमाथि छाना कहिले होला
बिहान साँझ पेटमा खाना कहिले होला