अग्नि नियन्त्रक किशोरकुमार भट्टराईद्वारा लिखित आगोबाट बच्ने उपायसहितको पुस्तक ‘आगो’को विमोचन गरिएको छ। सोमबार एक कार्यक्रमबीच उक्त पुस्तक विमोचन गरिएको हो।
जुद्ध वारूण यन्त्र काठमाडौंका पूर्वप्रमुखसमेत रहेका भट्टराईले आफूले आगो नियन्त्रणको क्षेत्रमा भोगेका अनुभव, सिकाइ तथा आगोबाट बच्ने उपाय, क्षति र यसको व्यावहारिक प्रयोगलाई पुस्तकमा समेटेका छन्। विमोचन कार्यक्रममा बोल्दै भट्टराईले पुस्तकले आगलागी नियन्त्रणको उपाय सिकाउने बताए। ‘आगो जन्मदेखि मृत्युसम्म नभई नहुने चिज हो, तर यही आगो मानवीय नियन्त्रणबाहिर गएमा ठूलो मात्रामा जनधनको क्षति हुन्छ,’ उनले भने, ‘नेपालमा आगलागी नियन्त्रण तथा उद्धारको विषयमा नेपाली भाषामा लेखिएको पुस्तकको अभाव छ, यो पुस्तक नै त्यसको लागि उपयोगी बन्न सक्छ।’ उनले यो पुस्तकले सर्वसाधारणलाई आगोसम्बन्धी जानकारी दिने बताए। भट्टराईले यो किताब बिक्रीबाट प्राप्त रोयल्टी समुदायमा अग्नि नियन्त्रण तथा उद्धारसम्बन्धी सचेतना अभिवृद्धिमा खर्चिने जानकारी दिए।
अग्नि नियन्त्रक भट्टराईको पुस्तक ‘आगो’को विमोचन
भाषाविज्ञान किन पढ्ने ?
२ हप्ता अघि
३७ वर्षपछि पुनर्जन्म पाएको एउटा पुस्तकालय
३ हप्ता अघि
रानीकोटमा ‘फुकुवा’ अन्तर्संवाद कार्यक्रम सम्पन्न
३ हप्ता अघि
गण्डकीका शालग्रामको आराधना
२ हप्ता अघि
सुझावित समाचार
‘फर्कनुछ देश’ र ‘प्रवासी मनका भावनाहरू’ नामक कृतिहरू एकैसाथ सार्वजनिक
काठमाडौं । अमेरिकालाई कर्मथलो बनाउँदै आएका कवि गौतम सागर राईको कवितासंग्रह ‘फर्कनुछ देश’ र गीतकार मणिराज बस्नेत…
अमेरिकाबाट पोडकास्टमार्फत दुई नेपाली कृति विमोचन
काठमाडौं/ अमेरिकालाई कर्मथलो बनाउँदै आएका कवि गौतम सागरको कवितासंग्रह ‘फर्कनुछ देश’ र गीतकार मणिराज बस्नेतको गी…
यज्ञराज जोशीको पहिलो कृति ‘बैसाखी’ सार्वजनिक
काठमाडौं/ यज्ञराज जोशीको पहिलो कृति ‘बैसाखी’ लोकार्पण गरिएको छ। शनिबार एक समारोहबिच त्रिविका प्राध्यापक डा. मह…
पूर्वीय परम्परामा लैंगिक विविधता
पूर्वीय भाषिक, दार्शनिक, चिकित्सकीय तथा आख्यान परम्परामा लैंगिक विविधतालाई केवल पुरुष र महिलाका दुईवटा स्थिर बाकसमा सीमित गरे…
सरोज भट्टराईको कृति ‘कलेजी प्रेम’ लोकार्पण
काठमाडौं । लेखक सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’ लोकार्पण गरिएको छ। मंगलबार आयोजित लोकार्पण समारोहमा …
सीमान्त जीवनको जीवन्त प्रेमकाव्य
रेशम विरही उज्यालोको प्रेमगीत । यो कुनै गीत होइन र कुनै जैविक प्रेम पनि होइन । गीत हो, तर भौतिक रूपमा संगीतबद्ध कर्णप्…