बिएस–भिआई मोडलको टिभिएस अपाचे आरटिआर १६० सार्वजनिक

आइतबार, १२ असार, २०७९
डिजिटल संस्करण

जगदम्बा मोटर्सले पर्पल हेज रक बारमा आयोजित एक कार्यक्रममार्फत बिएस–भिआई मोडलको नयाँ टिभिएस अपाचे आरटिआर १६० ४भी आरटिएफ नेपालमा सार्वजनिक भएको छ । यसमा थ्री राइड मोडहरू रेन, अर्बन र स्पोर्ट फिचरहरू छन्, जसले सवारीचालकलाई कुनै पनि सवारी परिस्थितिमा अनुकूल बनाउन सजिलो बनाउँछन् । यसमा स्मार्ट एक्स कनेक्टजस्ता प्रविधिहरू पनि छन् । यसमा  ब्लुतुथमार्फत राइडरको स्मार्ट फोनमा जडान गर्न सकिन्छ । त्यस्तै, मोटरसाइकलमा एग्रेसिभ डिआरएल हेडल्याम्प, एडजस्टेबल ब्रेक र क्लच लिभर, एबिएसजस्ता अन्य धेरै फिचरहरू छन् ।

टिभिएस मोटर कम्पनी भारतका प्रतिनिधिले जगदम्बा मोटर्सलाई नेपालमा टिभिएसको सफलताका लागि बधाई दिँदै नेपाली बजारमा आगामी टिभिएस अपाचे आरटिआर १६० ४भी को सफलताको कामना गरे । उनीहरूले यो मोटरसाइकलले एक सय ५० सिसीको सेग्मेन्टमा ‘बिग बाइक’ फिचर ल्याउने आफ्नो दृष्टिकोण रहेको र यसले नेपालमा मात्र नभई विश्वभरका उत्कृष्ट फिचर्सका साथ यो सेगमेन्टमा क्रान्ति ल्याउने बताए ।

कार्यक्रममा जगदम्बा मोटर्सका अध्यक्ष साहिल अग्रवालले नेपाली बजारलाई टिभिएसप्रतिको माया र स्नेहका लागि धन्यवाद दिए । उनले भने, ‘हामी नेपालमा यति धेरै फिचरसहितको मोटरसाइकल सार्वजनिक गर्न पाउँदा निकै उत्साहित छौँ । नेपाली बजारले लामो समयदेखि यो मोटरसाइकलको प्रतीक्षा गरिरहेको छ र हामीले लामो समयदेखि यो मोटरसाइकलका लागि जिज्ञासा पाइरहेका छौँ । कुनै पनि अटोमोबाइल ब्रान्डले यस खण्डमा यति धेरै सुविधासहितको उत्पादन लिएर आएको यो पहिलोपटक हो ।’ जगदम्बा मोटर्स नेपालमा टिभिएस दुईपांग्र्रे सवारीसाधनको एक मात्र आधिकारिक वितरक हो ।

See More On

सुझावित समाचार