सिभिल बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

बिहिबार, ९ असार, २०७९
डिजिटल संस्करण

सिभिल बैंक लिमिटेडले वार्षिक ११ प्रतिशत ब्याजदर भएको पाँचवर्षे अवधिको ऋणपत्र जारी गर्ने भएको छ । प्रतिकित्ता अंकित मूल्य एक हजार रुपैयाँ तोकिएको ५० लाख कित्ता ‘सिभिल बैंक डिबेन्चर २०८४’ को निष्कासन तथा बिक्री प्रबन्धकमा आइएमई क्यापिटल लिमिटेड नियुक्त भएको हो । 

आइएमई क्यापिटललाई नियुक्त गरिएको सम्झौतामा बैंक र क्यापिटलको तर्फबाट हस्ताक्षर सम्पन्न भएको बैंकले जनाएको छ । यो ऋणपत्र सार्वजनिक र व्यक्तिगत तवरमा निष्कासन हुने जनाइएको छ ।
 

सुझावित समाचार