‘हामी अन्यायमा पर्‍यौँ, हाम्लाई न्याय चाहियो’

बुधबार, ८ असार, २०७९
डिजिटल संस्करण

नवलपरासीका मिटर ब्याजपीडितहरू न्याय माग्दै काठमाडौंमा अनशन बसेको आज छैटौँ दिन बितेको छ । हाम्रो संघर्ष जारी छ, हामी अन्यायमा पर्‍यौँ, हाम्लाई न्याय चाहियो, जगदीश बानियाँ डिस्टिक खोल, सुनिल बानियाँ तमसुक दे ! लगायतका नारा लेखिएका प्लेकार्डसहित उनीहरू धर्नामा बसेका छन् । माइतीघर मण्डलामा अनशनरत पीडितहर ऋण चुक्ता गर्ने क्रममा ‘मिटरब्याज’ले उठिवास लगाउने भएपछि  काठमाडौं आएका हुन् । 

सुझावित समाचार