व्यस्त जीवनशैलीमा योगले जीवनयापन सहज बनाउँछ : गृहमन्त्री खाण

मंगलबार, ७ असार, २०७९
डिजिटल संस्करण

गृहमन्त्री बालकृष्ण खाणले व्यस्त जीवनशैलीमा सहज तरिकाले जीवनयापन गर्न योगले मद्दत पुर्याउने बताएका छन्। विज्ञान र प्रविधिको विकासको गतिसँगै मानिसको जीवन व्यस्त हुँदै गइरहेको भन्दै उनले योगले सहज तरिकाले जीवनयापन गर्न मद्दत पुर्याउने विश्वास व्यक्त गरेका हुन्।

आठौँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा आयोजित कार्यक्रममा उनले योग र व्यायामले मन र शरीर स्वस्थ बनाउने उल्लेख गरे।

आर्ट अफ लिभिङको सहकार्यमा भएको योग कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डे, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतमलगायतको उपस्थिति रहेको थियो।

सुझावित समाचार