संखुवासभामा आगोमा जलेर एक वृद्धाको मृत्यु

मंगलबार, ७ असार, २०७९
डिजिटल संस्करण

संखुवासभाको चैनपुरमा आगोमा जलेर एक वृद्धाको मृत्यु भएको छ। चैनपुर नगरपालिका– ११ की ८६ वर्षीया मनमाया मगर मंगलबार बिहान आफ्नै घरमा आगोमा जलेर घाइते अवस्थामा भेटिएकी थिइन्।

घरमा एक्लै बस्दै आएकी ती वृद्धा आगोमा जलेर गम्भीर घाइते भएपछि छिमेकीले खाँदबारी अस्पताल ल्याएका थिए । जलेर घाइते भएकी उनको खाँदबारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको संखुवासभाका डिएसपी लालध्वज सुवेदीले जानकारी दिए।

See More On

सुझावित समाचार