नक्कली शैक्षिक प्रमाणपत्रसहित तीन पक्राउ

सोमबार, ६ असार, २०७९
डिजिटल संस्करण

प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र बनाई विभिन्न प्रयोजनमा  प्रयोग गर्ने तीन अभियुक्तलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा गोरखा बारपाक सुलिकोट– ७ का ३७ वर्षीय विकाश अमगाईं, काभ्रे पनौती नगरपालिका–२ कुशादेवीका ३७ वर्षीय राजकुमार हुमागाईं र वनस्थलीका ४० वर्षीय मोहन पुडासैनी रहेका छन्।

पक्राउ परेका हुमागाईंसँग बिएको र अमगाईंसँग प्रोफिसेन्सी डिग्रीको नक्कली शैक्षिक प्रमाणपत्र फेला परेको छ। उक्त प्रमाणपत्र बनाउने धन्दा पुडासैनीले गरेका थिए। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकृत एसपी कृष्ण कोइरालाले घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जानकारी दिए।

See More On

सुझावित समाचार