मिस नेपाल ०२२ को उपाधि प्रियंकारानीलाई

आइतबार, ५ असार, २०७९
डिजिटल संस्करण

मिस नेपाल ०२२ को उपाधि प्रियंकारानी जोशीले जितेकी छिन् । ललितपुरको गोदावरीमा शनिबार भएको मिस नेपाल ०२२ की उपाधि विजेता प्रियंकारानीलाई पूर्वमिस नेपाल नम्रता श्रेष्ठले ताज पहिर्याइदिएकी हुन् । 

यस्तै मिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का र मिस नेपाल अर्थ सरिसा श्रेष्ठ घोषित भए । द हिडन ट्रेजरले विभिन्न नौवटा उपशीर्षकमा विजेता पनि घोषणा गरेको थियो ।

प्रतियोगिताका लागि देशभरबाट आठ सय युवतीले आवेदन दिएका थिए, जसमध्ये एक सय ९६ जनाले अडिसन दिएका थिए । प्रतियोगिताका लागि २४ जना प्रतियोगी अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका हुन् ।

जसमा आकृति शाह, आश्रुति सुवेदी, ऐश्वर्या शाही ठकुरी, अनुष्का पौडेल, अनुसूर्य डाँगी, अस्मिता ढुंगाना, अस्रा श्रेष्ठ, हृतुल पौडेल, ममता ढकाल, मानसी चन्द, न्यान्सी खड्का, प्रियंकारानी जोशी, रोज कँडेल, स्मारिका शर्मा, साफिया श्रेष्ठ, श्रृया गजुरेल, श्रीयान्सु पिया र सुस्मिता बोगटीलगायत छानिएका थिए । 

गत वर्ष कोरोना महामारीका कारण अघिल्ला दुई वर्ष स्थगित भएको मिस नेपाल यसपटक भव्य रूपमा सम्पन्न गरिएको आयोजकले जनाएको छ । 

सुझावित समाचार