गायक रविन लिम्बूको ‘मेरी सानी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। सार्वजनिक गीतको भिडियोमा अभिनेता आर्यन सिग्देल र रुबिना थापालाई देख्न सकिन्छ ।
डिपी खनाल र सदु खनालको शब्द रहेको गीतमा शंकर थापा स्माइलको संगीत रहेको छ भने विश्व अधिकारीको संगीत संयोजन रहेको छ। सौरभ लामाले छायांकन तथा निर्देशन गरेको भिडियोलाई अर्जुन जिसीले सम्पादन रहेका छन्।