श्रीमानकाे चक्कु प्रहारबाट श्रीमती घाइते

सोमबार, ३० जेठ, २०७९
डिजिटल संस्करण

काठमाडौंको कागेश्वरी–मनोहरा नगरपालिका– ८ स्थित ढुंगेधारानजिकै एक टहरामा बस्ने गणेश कार्कीले आफ्नी श्रीमतीलाई चक्कु प्रहार गरी घाइते बनाएका छन् ।

ओखलढुंगाको चक्पादेवी नगरपालिका– ४ का कार्कीदम्पती मनोहरामा एकतले टिनको टहरामा बस्दै आएका थिए । घरायसी विवाद हुँदा २८ वर्षीय कार्कीले तरकारी काट्ने चक्कु श्रीमतीलाई प्रहार गरेका थिए ।

उनकी श्रीमतीको घाँटी अगाडिपट्टि चोट लागेको प्रहरीले जनाएको छ । उनको पेप्सीकोलास्थित मदरल्यान्ड अस्पतालमा सामान्य उपचार गरी राष्ट्रिय ट्रमा सेन्टर पठाइएको बौद्ध प्रहरीले जनाएको छ । 

See More On

सुझावित समाचार