भ्रष्टाचारविरुद्धको कार्टुन प्रदर्शनी पोखरामा सुरु

शनिबार, २८ जेठ, २०७९
डिजिटल संस्करण

भ्रष्टाचारविरुद्धको कार्टुन प्रदर्शनी पोखरामा सुरु भएको छ। पोखराको महेन्द्रपुलस्थित आर्ट ग्यालरीमा उक्त प्रदर्शनी आयोजना गरिएको छ।

 देशमा विद्यमान भ्रष्टाचारलाई केन्द्रमा राखेर बनाइएका ३६ जना कार्टुनिस्टका ५० वटा कार्टुन प्रदर्शनमा राखिएका छन् । उक्त कार्यक्रम ‘कार्टुनिस्ट क्लब अफ नेपाल’ले आयोजना गरेको हो। कार्यक्रम ३० जेठसम्म चल्ने आयोजकले बताएको छ।

कार्टुनिस्ट क्लब अफ नेपालले यस अघि ४–६ वैशाखमा काठमाडौंमै सोही प्रदर्शनी गरेको थियो ।

See More On

सुझावित समाचार