तस्बिरमा कथा कस्तुरी

शुक्रबार, २७ जेठ, २०७९
डिजिटल संस्करण

शुक्रबारदेखि गौशाला पिंगलास्थानमा दिया मास्केद्वारा निर्देशित नाटक कथा कस्तुरी नियमित मन्चन भरहेको छ । एक्टर स्टुडियो को २६औँ ब्याचका विद्यार्थीले अभिनय गरेको यो नाटक मास्केको दोस्रो निर्देशन हो ।

नाटकमा तराई क्षेत्रमा बसोबास गर्ने सपेरा जातिको कथावस्तुलाई रूपान्तरण गरिएको छ । नयनराज पाण्डेको सर्पदंशको नाट्य रूपान्तरण गरिएको कथामा एक्टर स्टुडियोका कलाकारहरू श्रृष्टि भट्टराई, प्रभाव शाही, आयुष्मा मगर, राजन पुरी, जीवन गौतमलगायत कलाकारहरूले अभिनय गरेका छन्। कोरोना महामारीपछि एक्टर स्टुडियोको यो पहिलो नाटक हो ।

सुझावित समाचार