एकल महिला हत्यामा संलग्न तेस्रो व्यक्ति बैतडीबाट पक्राउ

बिहिबार, २६ जेठ, २०७९
डिजिटल संस्करण
एकल महिला हत्यामा संलग्न तेस्रो व्यक्ति बैतडीबाट पक्राउ

अनिभा खडायतको हत्या गरी खरको थुप्रोमा राखी लगाइएको आगो

आगो लगाएर महिलाको हत्यापछि फरार रहेका शैल्यशिखर नगरपालिका– १ का भोजबहादुर खडायत बैतडीबाट फक्राउ परेका छन् । बुधबार बिहान शैल्यशिखर नगरपालिका– १ बारिलकी ४० वर्षीया एकल महिला अनिभा खडायतको आगो लगाएर हत्या गरेको आरोपमा खडायतलाई बैतडी प्रहरीले खाड्पे क्षेत्रबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ परेका खडायतलाई जिल्ला प्रहरी कार्यालय दार्चुला ल्याइँदै छ । यसअघि बुधबार नै स्थानीय वीरेन्द्र खडायत र तुला खडायतलाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएको डिएसपी प्रतीक विष्टले जानकारी दिए । 

बिहीबार पक्राउ परेका भोजबहादुर नेपाल विद्युत् प्राधिकरण बलाँच केन्द्रका सेक्युरिटी गार्ड हुन् । यस्तै वीरेन्द्र नेकपा माओवादी केन्द्र शैल्यशिखर नगर कमिटी उपाध्यक्षसमेत हुन् । हत्यामा संग्लन रहेकामाथि पीडित परिवारले किटानी जाहेरीसमेत दिएको डिएसपी विष्टले बताए । स्थानीयले अनिभाको बलात्कारपछि हत्या भएको आशंका गरेका छन् । प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको डिएसपी विष्टले बताए । शवको पोस्टमार्टम आजै  गर्ने तयारी छ ।

See More On

सुझावित समाचार