आजको मौसम : मेघगर्जन र चट्याङसहित वर्षा

बिहिबार, २६ जेठ, २०७९
डिजिटल संस्करण

नेपालको पूर्वी भूभागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भूभागमा स्थानीय वायुको प्रभाव रहेको छ । यसको साथै भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्वपश्चिमी न्यूनचापीय रेखाको प्रभाव रहेको छ ।  

उक्त मौसमी प्रणालीको प्रभावका कारण अहिले प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली भएको छ ।  गण्डकी प्रदेश र अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भएको छ । बाँकी भूभागमा आंशिक बदली रहेको छ । प्रदेश १ र मधेसका थोरै स्थान तथा बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ ।  

राजधानी काठमाडौं उपत्यकामा बिहानैदेखि हल्का वर्षा भइरहेको छ । उपत्यकामा पूर्ण रूपमा बदली छ । दिउँसो प्रदेश १, मधेस प्रदेस, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थान तथा अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

See More On

सुझावित समाचार