\'ह्वावे क्लाउड क्षेत्र\' यस वर्ष इन्डोनेसियामा सुरू गरिने

बुधबार, २५ जेठ, २०७९
डिजिटल संस्करण

मे १९ मा एसिया–प्यासिफिक डिजिटल इनोभेसन कंग्रेस २०२२ सिंगापुरमा सुरु भएको छ । ह्वावेले आफ्ना ग्राहक, विशेषज्ञ, विद्वान र विश्लेषकहरूसँग डिजिटल अर्थतन्त्र र उद्योग इनोभेसनका लागि नयाँ परिदृश्य र दिसाहरूबारे छलफल गर्न आसियान फाउन्डेसनसँगै काम गरेको छ । सन् २०२१ मा ह्वावे क्लाउडले आफ्नो पछिल्लो रणनीति ‘ड्राइभ इन डिजिटल विथ एभ्रिथिङ एज अ सर्भिस’ जारी गरेको थियो । 

विगत ३० वर्षमा ह्वावेले ‘राम्रो सेवा, राम्रो गुणस्तर’, ग्राहक आवश्यकताहरूको लागि ‘द्रुत प्रतिक्रिया’, ग्राहक भ्यालु सिर्जना गर्न ‘प्राविधिक इनोभेसन’ र इकोसिस्टम साझेदारहरूसँगको ‘विन–विन सहयोग’ सिद्धान्तमा रही क्यारियर र इन्टरप्राइज बजारहरूमा ग्राहक र साझेदारहरूबाट विश्वास कमाएको  बताइएको छ । 
समान भ्यालु र व्यापारिक रणनीतिका साथ इम्बेड गरिएको ह्वावे क्लाउडले ‘एसिया–प्यासिफिकमा, एसिया–प्यासिफिकको लागि’ आफ्नो प्रतिबद्धता पूरा गर्न विश्वसनीय र इनोभेटिभ क्लाउड सेवाहरू सिर्जना गर्ने तयारी गरेको छ । ह्वावे क्लाउड एसिया–प्यासिफिकका अध्यक्ष जेगं छिगंयुनले २०२१ मा ह्वावे क्लाउडको द्रुत वृद्धि र एसिया–प्यासिफिक बजारमा स्थानीय सेवाहरूमा यसका फाइदाहरूको समीक्षा गरे । 

‘एसिया–प्यासिफिक क्षेत्रमा ह्वावे क्लाउडका छवटा रणनीतिहरू छन् । उद्योग रणनीतिको सन्दर्भमा हामी ह्वावे क्लाउडको कोर प्रतिस्पर्धात्मकतालाई निरन्तर सुधार गर्न ‘सेवाको रूपमा पूर्वाधार, सेवाको रूपमा प्रविधि र इकोसिस्टम साझेदारहरूसँगको विजय’ मा केन्द्रित छौँ,’ जेंगले भने । ह्वावे क्लाउड २०१८ देखि एसिया–प्यासिफिकमा सञ्चालन भइरहेको छ । चार वर्षको विकासपछि ह्वावे क्लाउड चीनमा नम्बर २, थाइल्यान्डमा ३ र एसिया–प्यासिफिकको विकासशील बजारहरूमा ४ नम्बरमा उक्लिएको छ ।  ह्वावे क्लाउड क्षेत्र हङकङ (चीन), सिंगापुर, थाइल्यान्ड र मलेसियामा लन्च गरिएको छ। फिलिपिन्स, भियतनाम, भारत, जापान र दक्षिण कोरियामा तैनाथ हुने एक्सेस पोइन्टहरूसहित यो यही वर्ष इन्डोनेसियामा पनि सुरु गरिनेछ । 

हालसम्म, ह्वावे क्लाउडसँग विश्वव्यापी रूपमा २७ क्षेत्रहरू, ६५ उपलब्धता क्षेत्रहरू, र २८०० ‘सिडिएन’ नोडहरू छन् । यसैबीच, ६००० साझेदार एप्लिकेसनहरूसँग सहकार्य गरेको छ ।  १७० देशका विभिन्न क्षेत्रहरुमा २२० क्लाउड सेवा र २१० सोलुसनसहित ग्राहकहरूलाई सेवा दिँदै विश्वव्यापी डिजिटल रूपान्तरणमा योगदान गरिरहेको ह्वावे क्लाउडले जनाएको छ । 
 

सुझावित समाचार