कुटाइबाट गर्भ तुहिएपछि एक पक्राउ

मंगलबार, २४ जेठ, २०७९
डिजिटल संस्करण

सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका– ४ मा छिमेकीको कुटाइबाट स्थानीय २२ वर्षीया रञ्जुदेवी मण्डलको गर्भ तुहिएको घटनामा संलग्न भएको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी माधवप्रसाद काफ्लेका अनुसार पीडितको जाहेरीको आधारमा ३९ वर्षीय शिवशंंकर मण्डल पक्राउ परेका हुन् । आरोपित अर्का एकजना भने फरार रहेको काफ्लेले बताए । 

कुटपिटका कारण अत्यधिक रक्तस्राव भएपछि सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा जचाउँदा गर्भ खेर गएको थियो । उक्त विषयमा नयाँ पत्रिकामा समाचार प्रकाशित भएपछि प्रहरीले चासो दिएको थियो ।

See More On

सुझावित समाचार