हुन्डी कारोबारमा संलग्न रहेको अभियोगमा पक्राउ

सोमबार, २३ जेठ, २०७९
डिजिटल संस्करण

हुन्डीको कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका–१३ कालिमाटी बस्ने बारा पचरौता नगरपालिका–७ घर भएका ५४ वर्षीय जयकमल साह कलवारलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।  

काठमाडौंको टंकेश्वर कालीमाटीबाट गैरकानुनी रूपमा हुन्डीको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले कलवारलाई स्रोत नखुलेको १७ लाख ६६ हजार ३ सय नेपाली रूपैयाँ र १२ लाख ८ हजार ७ सय भारतीय रूपैयाँसहित पक्राउ गरेको हो । 

उनलाई थप अनुसन्धान एवं कारबाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको छ ।

See More On

सुझावित समाचार