सुनको मूल्य सामान्य बढ्यो

सोमबार, २३ जेठ, २०७९
डिजिटल संस्करण

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. ९८ हजार एक सय तोकिएको छ। अघिल्लो दिन प्रतितोला रु. ९७ हजार नाै सयमा कारोबार भएको पहेँलो धातु आज प्रतितोला रु. दुई सयले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९७ हजार ६ सय छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला रु. ९७ हजार चार सय थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. १५ ले बढेर रु. एक हजार दुई सय ९० तोकिएको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार आठ सय ५४ डलर आसपास कारोबार भइरहेको छ।

सुझावित समाचार