नवनिर्वाचित वडासदस्यको मृत्यु

बुधबार, १८ जेठ, २०७९
डिजिटल संस्करण

दार्चुलाका एक नवनिर्वाचित वडासदस्यको मृत्यु भएको छ । महाकाली नगरपालिका– ७ का निर्वाचित वडासदस्य केशवराम कोलीको मृत्यु भएको हो ।

वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट वडासदस्यमा निर्वाचित भएका कोलीको मृत्यु भएको महाकाली नगरपालिका प्रमुख नरसिंह चैसिरले जानकारी दिए । 

पेटसम्बन्धी समस्या भएका कारण जिल्ला अस्पताल लैजाँदै गर्दा कोलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुव विष्टले बताए ।
 

सुझावित समाचार