‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’द्वारा सात कृषक सम्मानित

मंगलबार, १७ जेठ, २०७९
डिजिटल संस्करण

‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’द्वारा काभ्रेका चारसहित सात कृषक सम्मानित भएका छन्। कृषि तथा पशुपक्षीका क्षेत्रमा उल्लेखनीय काम गरेबापत कृषि ज्ञान केन्द्र धुलिखेल काभ्रेले सो सम्मान गरेको हो।

काभ्रेबाट २८ कृषकले र सिन्धुपाल्चोकबाट १० कृषकले निवेदन दिएकोमा मंगलबार एक समारोहबीच काभ्रेका चार र सिन्धुपाल्चोकका तीन उत्कृष्ट कृषकलाई सो सम्मान गरिएको हो।

सम्मानित हुनेमा काभ्रे  नमोबुद्ध नगरपालिका– ८ मा अवस्थित एलिस्का कृषि फर्मका सञ्चालक दीपेशचन्द्र तामाङ, बनेपा नगरपालिका– १३ स्थित झ्याम्मल कृषि फर्मका सञ्चालक कमला तामाङ, मण्डनदेउपुर नगरपालिका– ६ स्थित मडिल कृषि फर्मका सञ्चालक राजेन्द्र ढकाल र बनेपा नगरपालिका– ४ की अप्सरा घिमिरे तिमल्सिना रहेका छन्।

त्यसैगरी, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका– ११ स्थित इन्द्रावती पशुपालन तथा कृषि फर्मका सञ्चालक भीमप्रसाद दुलाल, हेलम्बु गाउँपालिका– २ स्थित युवा सिर्जनशील कृषि तथा पशुपालन फर्मका सञ्चालक डिन्डुप तामाङ र मेलम्ची नगरपालिका– ११ का न्युरचुङ तामाङ सम्मानित भएका छन्। उनीहरूलाई नगद १५ हजारसहित सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको छ।

सुझावित समाचार