जहाज दुर्घटनामा मृत्यु भएकाहरूको शव काठमाडौं ल्याइने

सोमबार, १६ जेठ, २०७९
डिजिटल संस्करण

तारा एयरको जहाज दुर्घटनामा परेर मृत्यु भएकाहरूको शव काठमाडौं ल्याउने तयारी गरिएको छ। दुर्घटनास्थलमा पुगेर नेपाली सेना र सशस्त्र प्रहरीले मृतकको शव निकालेको छ। जहाजमा रहेका चालक दलसहित २२ जनाकै मृत्यु भएको छ।

मृतक भएका सबैको शव नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइने छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल कर्णका अनुसार शव जम्मा गरिसकिएको छ। मौसम सुधार भएपछि नेपाली सेनाले शव काठमाडौं ल्याउने बताइएको छ।

सुझावित समाचार