संघीय बजेटले छोएन मुगुलाई

सोमबार, १६ जेठ, २०७९
डिजिटल संस्करण

नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्माले  आइतबार तीन घन्टा लगाएर  संघीय बजेट सावजनिक गरे । १७ खर्ब ९३ अर्ब ८३ करोड बजेट सार्वजनिक गर्दा हिमाली जिल्ला मुगुलाई समेटिने गरिीखासै बजेट आउन नसकेको सरोकारवालाको गुनासो छ । यहाँका सडक, पर्यटकीय स्थल, धार्मिक स्थल, ग्रामीण सडक वा  पर्यटकीय मार्ग कुनै विषयलाई पनि  समिटिने गरी तोकेर बजेट विनियोजन नगरिएको स्थानीयको आरोप छ ।

वर्षाैँदेखि स्तराेन्नति हुन नसकेको नाग्म–गमगढी सडमा बजेटमा समावेश गरिए पनि खास विनियोजित रकम कति हो भनेर बजेटमा उल्लेख गरिएको छैन ।कर्णाली प्रदेशको मुख्य पर्यटकीय स्थल रारा र धार्मिक पर्यटकीय स्थल प्रसिद्ध धाम छायानाथ पर्यटकीय पथमार्गको विकासका लागि निजी क्षेत्रलाई अनुरोध  गर्ने भनिए पनि कुन निकायलाई  जिम्मा दिने भनेर निश्चित गरिएको छैन । यसले गर्दा मुगुलाई राज्यले सधैँ उपेक्षित गरेको बुझिन्छ ।

बजेटमा रारा–खप्तड पर्यटकीय पथमार्ग, मगगढी–नाक्चे–लाग्ना सडकखण्ड र गोठीजिउला–कालाकाडा–खत्याड सडकलगायतका नामै  सुनिएन । बर्सेनि संघीय बजेट सार्वजनिक गरिन्छ, तर दुर्गम जिल्ला मुगुका कुनै पनि गौरवका योजना कहिले  पनि समेटिँदैन ।  चीनको नाकासँग जोडिने गमगढी–नाक्चे–लाग्ना सडक होस् वा संसारमा परिचित  पर्यटकीय स्थल रारा र छायानाथ धामजस्ता धार्मिक स्थलका लागि कहिले लोकप्रिय बजेट सरकारले ल्याउन नसक्नु मुगु र मुगाली जनतालाई उपेक्षा गरिएको धारणा राख्छ्न नागरिक समाज मुगुका अध्यक्ष रूपबहादुर मल्ल । 

See More On

सुझावित समाचार