सम्पर्कविहीन जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियो

सोमबार, १६ जेठ, २०७९
डिजिटल संस्करण
सम्पर्कविहीन जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियो

तस्बिर : नेपाली सेना

हिजो बिहानदेखि बेपत्ता तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका– २ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । यार्सागुम्बा टिप्न गएका स्थानीयले दुर्घटनाग्रस्त अवस्था तारा एयर फेला पारेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले  जानकारी दिएका छन् ।

सिडिओ शर्माका अनुसार जहाज ल्याङखु खोलाको मुहाननजिकको पहाडमा ठोक्किएर टुक्रा-टुक्रा भएको अवस्थामा फेला परेको हाे । यार्सागुम्बा टिप्न गएका स्थानीयले दुर्घटनाग्रस्त जहाजको तस्बिर खिचेर पठाएपछि स्थान पत्ता लागेको  छ । 

परिचालित सुरक्षाकर्मी त्यहाँ पुग्न नसकेको र हेलीको माध्यमबाट नेपाली सेना र प्रहरी पठाउने उनले जानकारी दिए । ‘स्थान पत्ता लाग्यो, स्थानीय यार्सागुम्बा टिप्न गएकाहरूले तस्बिर पनि पठाउनुभएको छ । हामी हेलिकोप्टरबाट दुर्घटनास्थलमा उद्धार टोली पठाउने प्रयासमा छौँ,’ उनले भने ।

सुझावित समाचार